अमेरिकामा एकै दिन २६ हजार संक्रमित थपिए, विश्वभर ९६ लाख भन्दा धेरै संक्रमित

डिसी नेपाल
१२ असार २०७७ ६:५३

काठमडाौं। कोरोना भाइरसबाट विश्वभर हालसम्म ९६ हजार २१ हजार ९०६ जना संक्रमित भएका छन्। ती मध्ये ५२ लाख २८ हजार ९८३ जना उपचारपछि निको भएका छन्। कोरोना भाइरसबाट हालसम्म चार लाख ८७ हजार ३३८ जनाको मृत्यु भइसकेको छ। बिहीबार मात्रै अमेरिकामा सबैभन्दा धेरै २६ हजार ६ सय ९५ जना संत्रमित भएका छन्।

धेरै संक्रमित हुनेमा पछिल्लो २४ घण्टामा अमेरिकापछि दोस्रो नम्बरमा भारत पुगेको छ। भारतमा पछिल्लो २४ घण्टामा १८ हजार १८३ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ कोरोनाबाट सबैभन्दा धैरै मृत्यु म्याक्सिको र ब्राजीलमा भएको छ। म्याक्सिकोमा ९ सय ४७ जनाको मृत्यु भएको छ भने ब्राजीलमा ५ सय ६० जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन्।

उता इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युएईसँग मिलेर कोरोना भाइरस विरुद्ध लड्ने बताएका छन्, इजरायल एउटा अरब देशसँग मिलेर काम गर्ने समाचारले चर्चा पाएको छ। युएईले वेस्ट बैंक र जोर्डन उपत्यकालाईे कब्जा गरेको विषयमा इजरायललाई चेतावनी दिँदै आएको छ। युएईमा ४६ हजार भन्दा धेरै र इजरायलमा २२ हजार भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्।

युरोपमा डब्ल्यूएचओका क्षेत्रीय निर्देशक ह्यान्स क्लुगेले ३० वटा युरोपेली देशहरूमा कोरोना संक्रमण तीव्र गतिले बढिरहेको बताएका छन्। ती मध्ये ११ वटा यस्ता देश छन् जहाँ कोरोना भाइरस दोस्रो पटक फैलिरहेको छ। युरोपमा हालसम्म २३ लाख ७० हजार भन्दा धेरै कोरोना संक्रमित छन् भने १ लाख ८९ हजारको मृत्यु भइसकेको छ।
उता पेरिसको एफिल टावर तीन महिना पछि फेरि खोलेको छ। फ्रान्समा लकडाउन लगाए पछि यो बन्द गरिएको थियो। दोस्रो विश्वयुद्ध पछि एफिल टावर पहिलो पटक बन्द भएको थियो। हरेक वर्ष यहाँ करिव ७० लाख पर्यटक आउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.