एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-३ का एम्बुलेन्स चालक ४३ वर्षीय दावा नुर्पु तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का २७ वर्षीय मार्कुस तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का ३२ वर्षीय सुशील तामाङ र आमाछोदिङमो गाउँपालिका-५ की ३६ वर्षीया सुनिता तामाङ रहेका छन्।
पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको बेत्रावतीमा बागमती प्रदेश ०१००२ झ ७४२६ नम्बरको एम्बुलेन्स चेकजाँचको क्रममा ३ हजार ९४० बट्टा चुरोट बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार ७० लाख ९२ हजार रुपैयाँ बराबरको चुरोट बराबद गरिएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment