अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय पक्राउ
काठमाडौं। अमेरिकाबाट कागजातको आवरणमा कुरियरमार्फत पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार कात्तिक १० गते कुरियरमार्फत अमेरिकाबाट ल्याइएको गाँजा नियन्त्रित सुपुर्दगी विधिबाट बरामद गरिएको थियो। कागजातको आवरणमा गाँजा ल्याइएको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवर्सिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्। प्रहरीका अनुसार भवर्सिंहको ठेगाना आनन्द फ्ल्याट, भेजलपुर, अहमदाबाद र पटेलको ठेगाना अर्किड एप्पलवुड्स टाउनसिप, अहमदाबाद–३८००५८ रहेको छ।
प्रहरीले उनीहरूबाट १ किलो ३३८ ग्राम गाँजा र दुई थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका दुवै जनामाथि थप आवश्यक अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment