एसईई परीक्षाका लागि रजिस्ट्रेशन र आवेदन फारम खुला

डिसी नेपाल
११ कार्तिक २०८३ १५:३४

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ मा सहभागी हुने विद्यार्थीहरूका लागि रजिस्ट्रेशन तथा परीक्षा आवेदन फारम खुला गरेको छ। बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै रजिस्ट्रेशनको सूचना जारी गरेको हो।

प्रकाशित सूचनाअनुसार विद्यार्थीहरूले आगामी कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेभित्र प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क बुझाएर रजिस्ट्रेशन फारम भरिसक्नुपर्नेछ।

यसैगरी, २०८४ सालमा सञ्चालन हुने एसईई परीक्षामा सहभागी हुनका लागि परीक्षा आवेदन फारम भर्ने समयसीमा पनि तोकिएको छ। नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले २०८३ कात्तिक १ गतेदेखि मङ्सिर ८ गतेसम्म परीक्षा आवेदन फारम भर्न सक्नेछन्।

परीक्षा आवेदन फारमका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले तोकिएको समयसीमाभित्रै आवश्यक शुल्क बुझाई फारમ भर्न सम्बन्धित विद्यालय र विद्यार्थीहरूलाई विशेष आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *