दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, किसान चिन्तित
काठमाडौं । मौसममा आएको परिवर्तनका कारण यस वर्ष दसैँको समयमै तिहारका लागि लगाइएको सयपत्री फूल फुलेपछि किसानहरू चिन्तामा परेका छन्।
तिहारको मुख्य पर्वलाई लक्षित गरेर व्यावसायिक रूपमा खेती गरिएका सयपत्री फूलहरू दसैँको समयमा नै पूर्ण रूपमा फुल्न थालेपछि उत्पादक किसानहरू निराश बनेका हुन्। तिहारका बेला बजारमा राम्रो मूल्यमा बिक्री गर्ने उद्देश्यले गरिएको लगानी खेर जाने हो कि भन्ने पीरले किसानहरूलाई पिरोलेको छ।
सामान्यतया असोजको अन्त्य वा कात्तिकको सुरुवाती हप्तामा फुल्नुपर्ने सयपत्री फूलहरू यसपटक जलवायु परिवर्तनका कारण अगावै फुलेको बताइएको छ।





No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment