एक तिहाइ पाकिस्तानी पाइलटको लाइसेन्स नक्कली !

डिसी नेपाल
१२ असार २०७७ ८:३६

इस्लामाबाद। पाकिस्तानका उड्डयन मन्त्री गुलाम सरवर खानले पाकिस्तानमा हरेक ३ मध्ये १ पाइलट नक्कली भएको र ऊसँग नक्कली लाइसेन्स भएको बताएका छन् । संसदको नेशनल एसेम्बलीलाई सम्बोधन गर्दै खानले पाकिस्तानमा २६२ पाइलटहरुले आफ्नो ठाउँमा परीक्षा दिनको लागि अरुलाई पैसा दिएर किनेको बताए ।

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले फर्जी लाइसेन्स भएका आफ्ना सबै पाइलटहरुलाई तत्काल लागू हुने गरी हटाएको छ । देशमा विभिन्न घरेलु एयरलाइन्समा ८५० भन्दा धेरै सक्रिय पाइलट छन् जस अन्तर्गत देशको प्रमुख पाकिस्तान इन्टरनेशनल एयरलाइन्ससहित अन्य एयरलाइन्सहरु छन् ।

सीएनएनका अनुसार यो जानकारीको खुलासा कराचीमा गत महिना पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटनाको जाँच गर्ने क्रममा भएको हो । यो दुर्घटनामा झण्डै १०० जना मारिएका थिए । खानले संसदलाई सम्बोधन गर्दै भने ‘२२ मेमा दुर्घटनाग्रस्त विमानका पाइलट उडानको क्रममा आफ्नो काममा केन्द्रित थिएनन् ।

मन्त्री खानका अनुसार पाइलटमा अति आत्मविश्वास र एकाग्रताको कमी त्यो दुर्घटनाका कारणहरुमध्येको एक थियो जसमा ९७ जनाको ज्यान गयो । पाइलटहरुले एयर ट्राफिक कन्ट्रोलले दिएको निर्देशनको अवज्ञा गरेका थिए भने । अर्कोतर्फ उडानको क्रममा पाइलटहरु कोरोनाको चर्चा गरिरहेका थिए ।

’एटिसीले पाइलटलाई विमानको उचाइ बढाउन निर्देशन दिइएपछि पाइलटले म सम्हाल्छु भनेका थिए जो अति आत्मविश्वास थियो’ मन्त्री खानले बुधबार राष्ट्रिय सभामा विमान दुर्घटनाको अन्तरिक रिपोर्ट पेश गर्दै भने । लाहोरबाट कराची गइरहेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान २२ मेमा जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बस्ती क्षेत्रमा दुर्घटना भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.