अमेरिकाले सेना पठाउँछु भनेपछि चीनले दियो कडा जवाफ

डिसी नेपाल
१२ असार २०७७ १०:५६
1.0k
Shares

काठमाडौं। दक्षिण एसियामा चीनको बढ्दो खतरा रोक्नका लागि अमेरिकाले आफ्नो सेना तैनाथ गर्ने बताएपछि चीनले जवाफी प्रतिक्रिया दिएको छ । बिहीबार अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले भनेका थिए ‘दक्षिण पूर्वी एसियाली देशहरुको अगाडि चीनको बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिका युरोपमा आफ्ना सैनिकको तैनाथी घटाएर उनीहरुलाई सही स्थानमा तैनाथ गर्दैछ ।’ यसको जवाफ चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले दिएको छ ।

ग्लोबल टाइम्सले लेखेको छ ‘चीन र भारतको बीच सीमा विवाद रातारात पैदा भएको होइन । एक समय थियो जतिबेला दुई देशको तनाव ठूलो खतरा थियो । भारत त्यतिबेला पनि कुनै देशमा निर्भर भएन त्यसैले यो तर्क पूरै गलत छ कि अहिलेको सीमा तनावमा भारत कुनै उक गुटको साथमा जान बाध्य हुनेछ । सीमा विवादलाई युद्धतर्फ लैजाने चीनको कुनै चाहना छैन । गलवान घाटीमा भारतीय पक्षले उक्साएपछि मात्र संघर्ष सुरु भयो । यहाँसम्म कि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयं स्वीकार गरे कि भारतीय सीमाभित्र कसैले घुसपैठ गरेको छैन ।’

अखबारले अगाडि लेखेको छ ‘हामीले अमेरिकाको हातमा परेका देश वा क्षेत्रलाई देखेका छौं । उनीहरु सबै अमेरिका वा उसको हितको लागि काम गर्न इच्छुक छन् । अस्ट्रेलिया होस्, क्यानडा होस् वा ताइवान द्वीप, यी सबैको गणना यही श्रेणीमा गर्न सकिन्छ । तर यी देश या त आफ्नो हितको सौदा गरिरहेका छन् या आफ्नो सम्प्रभुता अमेरिकाको हातमा गुमाइरहेका छन् । ताइवानको हकमा त सम्प्रभुताको कुरा गर्नै बेकार छ किनकि उसका सबै हित अमेरिकाको नियन्त्रणमा छन् । उसले चाहोस् वा नचाहोस्, ऊ अमेरिकाको इशारामा नाच्नुपर्छ ।’

अखबारले अगाडि लेखेको छ ‘यो कल्पना गर्नु कठिन छ कि कुनै विश्वव्यापी महाशक्ति अमेरिकाको हातमा रहन मन पराउँछ । भारतको यो विशेषता छ कि ऊ आफ्नो कुटनीतिक स्वतन्त्रता कायम राख्न चाहन्छ । वाशिङटन र नयाँ दिल्लीको सम्बन्ध पश्चिमी विश्लेषकहरुको रायभन्दा धेरै टाढा छ । दुवै पक्ष केवल एक अर्काको प्रयोग गरिरहेका छन् । अमेरिका हिन्द प्रशान्तको रणनीतिमा भारतलाई आफ्नो गोटी बनाउन चाहन्छ ताकि चीनलाई रोक्न सकोस् र विश्वमा आफ्नो प्रभुत्व कायम राख्न सकोस् । अर्कोतिर भारत अमेरिकाको प्रयोग दक्षिण पूर्व एसियामा चीनको प्रभावलाई काउन्टर गर्न र पाकिस्तानलाई रोक्नको लागि गरिरहेको छ । यद्यपि भारतलाई यो राम्रोसँग थाहा छ कि अमेरिका उसको लक्ष्य पूरा गर्नको लागि उसलाई सहयोग गर्ने छैन ।’

अगाडि लेखिएको छ ‘अमेरिकाले भारतको रुससँग हतियार सम्झौतालाई कम गरेर हेरिरहेको छ र भारतको सैन्य उद्योगमा आफ्नो नियन्त्रण स्थापित गर्ने आशा गरिरहेको छ । जबकि यो असम्भव छ कि भारतलाई यसबारे अनुमान नहोस् । रुससँग हतियार खरिद गरेर नयाँ दिल्लीले आफ्नो पक्ष स्पष्ट पारेको छ । भारत–चीन सीमा विवादमा जतिसुकै उतार चढाव आउन् र भारतीय पक्षले अगाडि जो कदम उठाओस्, चीनको पक्ष यही हो कि विवादको समाधान केवल छलफलबाट गर्न सकिन्छ र यसमा कुनै बाहिरी शक्तिको व्यवधानको आवश्यकता छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.