माछा मार्नेहरु रहेको डुङ्गा दुर्घटना हुदाँ फिलिपिन्समा १४ जना बेपत्ता

डिसी नेपाल
१५ असार २०७७ २१:५७

मनिला । फिलिपिन्सको समुन्द्री तटमा भएको डुङ्गा दुर्घटनामा परी १४ जना मानिस हराइरहेका छन् ।

समुन्द्रमा सामान ढुवानी गर्ने साधनसँग माछा मार्ने डुङ्गा ठोक्किएर भएको दुर्घटनापछि डुङ्गामा रहेका व्यक्तिहरु हराइरहेका हुन् ।

दुई रात अघि भएको दुर्घटनापछि हराइरहेकाहरुलाई सोमबारसम्म पनि केही पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।

सामान बहाक साधनसँग ठोक्किएपछि डुङ्गा पानीमा पल्टिएको उनीहरुले जानकारी दिएका छन् ।

माम्बुराओ सहरदेखि २७ किलोमिटर टाढा पर्ने ठाउँमा आइतबार विहानको राति दुर्घटना भएको जनाइएको छ ।

बेपत्ता भएकाहरुलाई बन्दरगाह सुरक्षाकर्मी र हेलिकोप्टरले संयुक्त रूपमा खोजी कार्य जारी गरेका छन् ।

बेपत्ता भएका १४ जना मध्ये १२ जना माछा मार्ने व्यक्ति र दुई जना यात्रु रहेका बन्दरगाह सुरक्षा कार्यालयका प्रवक्ता अर्मान्डो बालिलोले बताए।

हङ्गकङ्गको ध्वजा बहाक ढुवानी साधनले माछा मार्नेहरुको डुङ्गालाई ठक्कर दिएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *