कोभिड–१९ को औषधि बनाएको दावी गरिएको छैन : पतञ्जली

डिसी नेपाल
१६ असार २०७७ २०:२१

हरिद्वारा । पतञ्जली आयुर्वेद कम्पनीले कोरोनाभाइरसको औषधि बनाएको कहिल्यै दावी नगरेको मङ्गलबार जानकारी गराएको छ ।

भारतको उत्तराखण्ड, हरिद्वारमा रहेको उक्त आयुर्वेदिक संस्थाले उत्तराखण्डको आयुष मन्त्रालयद्वारा मागेको जानकारीमा उक्त संस्थाले आफ्नो पूरानो दावीलाई घुमाउरो पारामा फिर्ता लिँदै भनेको छ, “पतञ्जलीले कहिल्यै पनि कोरोना भाइरसको औषधि बनाएको दावी गरेको छैन । तर आफ्नो औषधिले कोरोना भाइरस सङ्क्रमित विरामी निको भएको बताएको हो ।”

आयुष मन्त्रालयद्वारा प्रदान गरिएको अनुमतिपत्र अनुसार औषधि बनाइएको जवाफ मन्त्रालयलाई पतञ्जलीका कार्यकारी प्रमुख आचार्य बालकृष्णले दिएका हुन् ।

“हामीले तुलसी गिलोय अश्वगन्धाको आधुनिक तहको संयोजनबाट तयार गरिएको औषधि कोभिड–१९ को विरामीलाई क्लिनिकल परीक्षणका लागि दिइएको र यसको सेवनले उनीहरू निको भएका हुन् । तर हामीविरूद्ध षड्यन्त्र भएको छ यदि मन्त्रालयले परीक्षण गर्न भनेमा हामीले क्लिनिकल परीक्षणबाट आफ्नो दावीलाई पुष्टि गरिनेछ । हामी यसलाई सामना गर्न तयार छौँँ ।”

यसै महिनाको शुरूमा पतञ्जली आयुर्वेदले निम्स विश्वविद्यालयको सहकार्यमा कोरोनिल र स्वासारीवाती नामक औषधिको सार्वजनिक गर्दै यसले कोरोनाभाइरस सङ्क्रमित विरामी निको भएको दावी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *