तीन जनाको शव फेला
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
सप्तरीको सप्तकोशी नगरपालिका-१ स्थित त्रियुगा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
मोरङको पथरी शनिश्चरे नगरपालिका-३ मुक्ति चोक बस्ने ७२ वर्षीय पुर्ण बहादुर खोक्लिङ आफ्नै घर नजिकै रहेको खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका-१ ग्लोबल स्कुल अगाडि रहेको कल्भर्टमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment