ओखलढुंगामा नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरद्वारा पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न

डिसी नेपाल
११ कार्तिक २०८३ १४:४३

काठमाडौं। नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहले ओखलढुंगा जिल्लाका पालिका तथा प्रदेशसभा निर्वाचन क्षेत्रहरूको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ।

१५ औं महाधिवेशन तयारी समितिकी केन्द्रीय प्रतिनिधि गोमा केसीका अनुसार दशैँ र तिहारको बीचको अवधिमा पालिका तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको हो।

सबै पालिका र दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको जिल्ला निर्वाचन समितिका सहसंयोजक अधिवक्ता चन्द्रमणी अधिकारीले जानकारी दिए।

चयन भएका सभापतिहरूको सूची

१. पालिका स्तरका सर्वसम्मत सभापतिहरू

  • चिसङ्खुगढी गाउँपालिका: डिकबहादुर कार्की

  • सिद्धिचरण नगरपालिका: पवन श्रेष्ठ

  • मोलुङ गाउँपालिका: केपी दाहाल

  • खिजीदेम्बा गाउँपालिका: पेमा निम्बा शेर्पा

  • लिखु गाउँपालिका: मिन सुवेदी

  • चम्पादेवी गाउँपालिका: दीपक कार्की

  • मानेभञ्ज्याङ गाउँपालिका: इन्दिरा दाहाल

  • सुनकोशी गाउँपालिका: चूडामणी धमला

२. प्रदेशसभा क्षेत्रका सर्वसम्मत सभापतिहरू:

  • प्रदेशसभा क्षेत्र ‘क’: विश्वराज राई

  • प्रदेशसभा क्षेत्र ‘ख’: देवेन्द्र पौडेल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *