आज दुवै सदनका विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

डिसी नेपाल
११ कार्तिक २०८३ ७:३६

काठमाडौं। आज प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दैछ।

बैठक आज बिहान दिउसो १ बजेदेखि सिंहदरबारमा बस्ने समितिले जानकारी दिएको छ।

आजको बैठकमा संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) र समितिको कार्यादेश अनुसार विषय विज्ञहरु छनोट सम्बन्धमा छलफलको कार्यसूची रहेको छ।

त्यस्तै आज राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको पनि बैठक बस्दैछ।

बिहान ११ बजेदेखि शुरु हुने बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्‌का सम्बन्धमा कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *