उच्च पहाडी र हिमाली क्षेत्रमा कार्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह

डिसी नेपाल
१० कार्तिक २०८३ १८:५४

काठमाडौं। अध्यागमन विभागले कार्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ।

विभागले मगंलबार सूचना जारी गर्दै कार्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गरेको छ।

विभागले पर्यटकहरूलाई उच्च पहाडी र हिमाली क्षेत्रमा नजान र गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ।

विभागले भनेको छ- ‘कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिएका पदयात्रीले सम्भावित जोखिम न्यूनीकरणको लागि उक्त अवधिभर पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ।’

त्यस्तै, सो अवधिभरका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति पनि जारी नहुने जानकारी विभागले गराएको छ। ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शक लगायत सम्पूर्ण सरोकारवालाहरुलाई पनि सूचनाको पालना गर्न आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *