इमरान खानले भने : भारतले पाकिस्तानमा आतंकवादी आक्रमण गरायो

डिसी नेपाल
१६ असार २०७७ २१:५८

इस्लामावाद (एजेन्सी) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमा आतंकवादी आक्रमण गराएको आरोप लगाएका छन्। सोमबार इस्लामावादस्थित एक शेयर मार्केटमा आतंकवादी आक्रमण भएको थियो। पाकिस्तानी प्रधानमन्त्री खानले सो आक्रमणमा भारतको हात रहेको मंगलबार बताएका हुन्।

उनले पाकिस्तानी संसदमा सम्बोधन गर्दै भारतले २००८ मा मुम्बईमा जे भएको थियो, त्यहि इस्लामावादमा गर्न खोजेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। भारत र पाकिस्तानमा हुने आतंकवादी आक्रमणप्रति दुबै देशले एकअर्कामाथि दोष थोपार्दै आएका छन्।

पाकिस्तानी प्रधानमन्त्री खानले भारतले ४ स्थानमा आतंकवादी आक्रमणको तयारी गरेको तर, पाकिस्तानी खुफिया एजेन्सीले त्यसलाई असफल पारिदिएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *