१३०० वर्षदेखि संसारबाट टाढा रहेको यो गाउँमा यसरी पुग्यो सडक

डिसी नेपाल
१६ असार २०७७ २३:५७
4
Shares

बेइजिङ (एजेन्सी)। हामीले हिन्दी फिल्ममा माउन्टेन म्यान फिल्म हेरेका हौला वा सुनेका हौला। त्यो फिल्मको कथा सत्य घटनामा आधारित थियो। कथा एक ‘पागल मानिस’को थियो, जसले बिहारको एक गाउँमा सडक पुर्याउन पुरै पहाडलाई एक्लै काटेर सडक बनाएको हुन्छ।

यो भारतको कुरा हो। संसारमा यस्ता घटना अनेत्र पनि भएका छन्। यसै एउटा रोचक र प्रेरक काम चीनमा पनि भएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनको युनान प्रान्तको बेला गाउमा अहिले पक्की सडक, विजुली र सञ्चारका माध्यमहरु पुगेका छन्। यो पनि माउन्टेन म्यान जस्तै एक व्यक्तिले गरेको प्रेरक काम हो।

चारैतिर पहाडले घेरिएको युनान प्रान्तको बेला गाउँमा जन्मिएका एक धनाढ्य व्यापारीले आफ्नो पुरै सम्पत्ति खर्च गरेर त्यहाँ सडकसहित अन्य विकासका काम गरेका हुन्। उनले सडक बनाएपछि १३ सय वर्षदेखि संसारबाट टाढा रहेको सो बेला गाउँ संसारसँग जोडिएको सिन्ह्वाले समाचार लेखेको छ। सोही गाउँमा जन्मिएका सोनम डोन्ड्रपले यो काम गरेका हुन्।

उनले सिन्ह्वासँग भनेका छन्, ‘म १० वर्षको हुँदा मैले एक आँखा गुमाए। पहाडको अप्ठ्यारोबाटोबाट मलाई मेरा बाबुले बोकेर शहर लगेका थिए।’ त्यसबेलादेखि यो गाउँमा सडक बनाउने सपना देखेको उनले बताएका छन्। उनले आफूले व्यापार गर्दा आर्जन गरेको १० मिलियन चिनियाँ करेन्सी युयान खर्च गरेका छन्। उनले सो सडक निर्माणका लागि ऋण लिन बैंकमा ५८ पटक पुगेको बताएका छन्।

उनले सडक बनाउन शुरु गर्दा केही मानिसहरुले धन र मस्तिष्क खर्च गरेको भनेर असहयोगसमेत गरेको सिन्ह्वालाई बताएका छन्। तर, विस्तारै काम भए पनि चिनियाँ सरकारले पनि पर्यटन गाउँको प्रवद्र्धनका लागि भन्दै बजेट विनियोजन गरेको उनले जानकारी दिएका छन्।

सो सडकमा ५२ वटा मोड रहेकोसमेत उनले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *