भारतले ५९ चिनियाँ एप बन्द गरेकोमा अमेरिकाको स्वागत
वाशिङटन। भारतले ५९ चिनियाँ एपहरु बन्द गर्ने निर्णय गरेकोमा अमेरिकाले यसको स्वागत गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिियोले यो निर्णयले भारतको सम्प्रभुता, अखण्डता र राष्ट्रिय सुरक्षालाई बढावा दिने बताएका छन् । मोदी सरकारले सोमबार ५९ चिनियाँ एपहरु बन्द गर्ने निर्णय गरेको थियो । बन्द गरिएका एपहरुमा टिकटक, शेयरइट, हेलो, युसी ब्राउजर, विच्याटजस्ता लोकप्रिय एपहरु छन् ।
द हिन्दूका अनुसार पोम्पियोले यी एपहरु चीनको जासुसी कार्यक्रमको एक अंग भएको आरोप समेत लगाएका छन् । चीनले भने भारतको यो कदमले दुई देशबीच व्यापार युद्ध हुन सक्ने चेतावनी दिएको छ । बुधबार चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भारत चीनको विशाल अर्थव्यवस्थालाई नोक्सानी पुर्याउन सक्ने अवस्थामा नभएको भन्दै व्यापार युद्धको अवस्थामा भारतले ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी दिइसकेको छ ।







डिसी नेपाल







Facebook Comment