चीनसँग रिसाएका अमेरिका र बेलायतले उठाए यस्तो कदम, चीनले दियो धम्की

डिसी नेपाल
१८ असार २०७७ १८:४५
8
Shares

बेइजिङ (एजेन्सी) । चीनको विशेष स्वायत्तता प्राप्त हङकङमा चीनले नयाँ सुरक्षा कानुन लागु गरेपछि बेलायत र अमेरिकालगायत पश्चिमा मुलुकहरु चीनप्रति आक्रामक बनेका छन्। कुनैबेला बेलायतको उपनिवेशन रहेको हङकङमा विशेष स्वतन्त्रता छ। तर, चीनले लागु गरेको नयाँ कानुनले हङकङको विशेष अधिकार उल्लंघन भएको भन्दै अमेरिका र बेलायतले जवाफी प्रतिक्रिया दिएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बेलायतले हङकङका ३० लाख नागरिकलाई बेलायत बोलाउन सक्ने घोषणा गरेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायत र चीनबीच भएको सम्झौताको उल्लंघन भएको भन्दै हङकङका नागरिकलाई पाँच वर्षसम्म विभिन्न अधिकारसहितको भिसा दिने र त्यसपछि उनीहरुले बेलायती नागरिकताका लागि आवेदन दिन सक्ने जनाएका छन्।

ेउता अमेरिकी कंग्रेसको तल्लो सदन प्रतिनिधिसभाले चिनियाँ अधकिारीलाई प्रतिबन्ध लगाउने एक कानुन पारित गरेको छ। सो कानुनले चिनियाँ अधिकारीसँग कारोबार गर्नेहरुमाथि प्रतिबन्ध लगाउने सक्ने जनाइएको छ।

बेलायत र अमेरिकाको पछिल्लो कदमपछि चीनले हङकङ मामिलामा बाह्य हस्तक्षेप अस्वीकार्य भएको जनाएको छ। साथै बेलायत अमेरिकाले विना अर्थको काम गरेको बताएको छ। उसले हङकङ चीनको अभिन्न अंग भन्दै हङकङमा शान्ति सुरक्षा कायम गर्न नयाँ सुरक्षा कानुन ल्याएको बताएको छ।
हङकङमा गत वर्षदेखि आन्दोलनहरु भइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *