भारतको कानपुरमा आठ प्रहरीको गोली हानि हत्या

डिसी नेपाल
१९ असार २०७७ ९:३६

कानपुर। भारत उत्तर प्रदेशको कानपुरमा बिहीबार राति आठ जना प्रहरीको गोली हानि हत्या गरिएको छ। भारतीय संचारमाध्यमका अनुसार गोली लागेर डिसपी र सहायक उपनिरीक्षकसहित ८ जना प्रहरीको ज्यान गएको हो।

चौबेपुर प्रहरी चौकी क्षेत्रको गाउँमा अपहरणकारी बिकास दुवेलाई पक्राउ र्न प्रहरी टोली गएको थियो। तर दुवेको गिरोहले प्रहरीमाथि आक्रमण गरी दुवेलाई भगाउन सफल भएको छ।

उक्त गिरोहले प्रहरीको हतियारसमेत लुटेका छन्। उक्त घटनामा दुवेतर्फका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। डीजीपी एचसी अवस्थीका अनुसार बिकास दुवेको विरुद्ध कानपुरको राहुल तिवारीले हत्या प्रयास गरेको अभियोग गर्दा गराएका थिए।

त्यसपछि प्रहरी दुबेलाई पक्राउ गर्न बिकरु गाउँ पुगेको थियो। प्रहरीलाई रोक्न दुबेको समूहले जेसीबी तेस्र्याएर सडक अवरुद्ध पारेका थिए। प्रहरी सो क्षेत्रमा पुगेपछि अचानक छतबाट फायरिङ सुरु भएको थियो।

उता मुख्यमन्त्री योगी आदित्यनाथले एसटीएफको टीमलाई कारवाही गर्न निर्देशन दिएका छन्। प्रहरीले यूपीका सबै नाका सिल गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *