टर्कीमा पटका कारखानामा विष्फोट हुँदा कम्तीमा ४१ श्रमिक घाइते

डिसी नेपाल
१९ असार २०७७ १९:३३

स्तानबुल । टर्कीको उत्तरपश्चिमी क्षेत्रमा एक पटका कारखानामा विष्फोट हुँदा त्यहाँ कार्यरत कम्तीमा ४१ जना घाइते भएका प्रान्तीय सरकारले जानकारी गराएको छ ।

साकार्या प्रान्तको हेन्देक जिल्लामा रहेको कारखानामा विष्फोटपछि निस्किएको आगोको ज्वालासँगै निस्केको धुवाँको मुस्लोलाई टर्कीका राष्ट्रिय टेलीभिजनलगायत स्थानीय सञ्चारमाध्यमहरूले प्रशारण गरेका छन् ।

उनीहरूले घटनामा मानवीय क्षति भने नभएको तर ४१ जना घाइते भएको साकार्या राज्यका गभर्नर केटिन ओकताय काल्दिरिमले ट्वीटरमार्फत् जानकारी गराएका छन्।

सरकारको दुर्घटना व्यवस्थापन निकायले विष्फोटलाई औद्योगिक दुर्घटना भएको बताएको छ । दुर्घटनाका समय कारखानामा करिब २०० जना रहेका तर मानवीय क्षति भने नभएको गभर्नर काल्दिरिमलाई उद्धृत गर्दै टर्कीको सरकारी समाचार संस्था, अनादोलु न्यूज एजेन्सीले समाचारमा उल्लेख गरेको छ ।

समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आइनसकेको तर कारखानामा रहेका सबै कर्मचारीलाई उद्धार गरिसकिएको हेन्देकका नगर प्रमुख तुरगुत बाबाओग्लुले टीआरटी टेलिभिजनसँग बताए। आगलागी पछि अत्यधिक कर्मचारी आफै कारखाना बाहिर आएका थिए भने दर्जनौँ अन्यलाई उद्धार गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *