डोनाल्ड ट्रम्पको परिवारसम्म पुग्यो कोरोना संक्रमण, छोराकी प्रेमिका संक्रमित
वाशिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराकी प्रेमिका कोरोनाभाइरस संक्रमित भएकी छिन् । राष्ट्रपति ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरकी प्रेमिका किंबरली गुइलफोयको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको सीएनएनले जनाएको छ । किंबरली फक्स न्यूज टेलिभिजनकी पूर्व पत्रकार हुन् ।
किंबरलीले माउन्ट रशमोरमा राष्ट्रपति ट्रम्पको चौथो भ्रमण र उत्सवको आतिशबाजीको जायजा लिनको लागि दक्षिण डकोटाको यात्रा गरेकी थिइन् । किंबरली ट्रम्पको चुनावी अभियानकी उक शीर्ष अधिकारी हुन् । समाचारका अनुसार किंबरली राष्ट्रपतिको सीधा सम्पर्कमा नआउन् भन्नका लागि उनलाई तत्कालै आइसोलेट गरिएको छ ।
नियमित जाँचको क्रममा किंबरली पोजेटिभ भएको खुलासा भएको थियो । ट्रम्पको चुनावी अभियानको वित्त समितिका कर्मचारीहरुका प्रमुख सर्जियो गोरले किंबरलीको स्वासथ्य सामान्य रहेको र उनलाई कुनै लक्षण नदेखिएकोले उनको पुनः परीक्षण गरिने बताए । सुरक्षाको लागि किंबरलीका आगामी कार्यक्रमहरु रद्द गरिएका छन् । डोनाल्ड ट्रम्प जुनियरको रिपोर्ट भने नेगेटिभ आएको त यद्यपि उनी पनि सेल्फ आइसोलेसनमा छन् ।







डिसी नेपाल







Facebook Comment