कोरोनाबाट बच्न सुनको मास्क बनाएर लगाउने शंकर को हुन् ?
काठमाडौं। कोरोनाभाइरसको महामारीका बीचमा केही रोचक घटनाहर पनि भइरहेका छन् । केही रोचक तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । यही बीचमा अहिले सामाजिक संजालमा सुनको मास्क लगाएका एक व्यक्तिको तस्वीर भाइरल भइरहेको छ ।
समाचार एजेन्सी एएनआइका अनुसार यी व्यक्ति महाराष्ट्रका शंकर कुराडे हुन् । उनलाई गोल्डेन म्यान भनेर पनि चिनिन्छ । सुनका गहना लगाउन सौखिन शंकरले सामान्य समयमा पनि करिब ३ किलो सुनका गहना लगाएर हिँड्छन् ।
Maharashtra: Shankar Kurade, a resident of Pimpri-Chinchwad of Pune district, has got himself a mask made of gold worth Rs 2.89 Lakhs. Says, “It’s a thin mask with minute holes so that there’s no difficulty in breathing. I’m not sure whether this mask will be effective.” #COVID19 pic.twitter.com/JrbfI7iwS4
— ANI (@ANI) July 4, 2020
शंकरले अहिले बनाएको मास्कको तौल ५० ग्रामभन्दा धेरै भएको बताइएको छ । यो मास्क २ लाख ८९ हजार भारतीय रुपैयाँ मूल्यको भएको उनले बताएका छन् । शंकरका अनुसार यो मास्कमा साना साना प्वालहरु बनाइएको छ ताकि सास फेर्न कठिन नहोस् । यद्यपि यो मास्क प्रभावकारी हुन्छ वा हुँदैन भन्ने विषयमा आफू नै विश्वस्त नभएको उनले बताएका छन् ।







डिसी नेपाल







Facebook Comment