डिएसपी भन्दै धम्काउने र चोरी गर्ने पक्राउ

डिसी नेपाल
२५ असार २०७७ २१:५९

काठमाडौं । नेपाल प्रहरीले आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्दै धम्काउने र चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रामेछाप उमाकुण्डका २६ वर्षीय राजकुमार सुनुवारलाई काठमाडौँ महानगरपालिका–२६ गोँगबु नयाँबसपार्कबाट बुधबार राति पक्राउ गरेको हो ।

डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रहेर फरार रहेको जनगुनासोका आधारमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुनुवारलाई प्रहरीले बा९७प १६८३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ सुनुवारसँग प्रहरीले ११ थान चोरीका मोबाइलसमेत बरामद गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.