पाकिस्तानको आक्रमणमा भारतीय सेनाका हवल्दार गुरुङको मृत्यु, नेपाली भएको आशंका

डिसी नेपाल
२६ असार २०७७ ११:४३
104
Shares

काठमाडौं। जम्मु कश्मिरको रजौरी जिल्लाको नौसेरामा भारतीय र पाकिस्तानी सेनाको भिडन्तमा एक भारतीय सैनिकको ज्यान गएको छ । टाइम्स अफ इण्डियाका अनुसार हवल्दार सम्बुर गुरुङको मृत्यु भएको हो ।

समाचारमा गुरुङको राष्ट्रियता खुलाइएको छैन । भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपाली गुरुङहरु हुने भएकोले उनी नेपाली हुन सक्ने आशंका गरिएको छ । यद्यपि यसको पुष्टि हुन सकेको छैन । भारतकै केही क्षेत्रमा पनि गुरुङहरुको बसोवास रहेकोले उनी भारतीय नै हुन सक्ने पनि सम्भावना छ ।

शुक्रबार लाइन अफ एक्चुअल कन्ट्रोलमा सीजफायर तोडिएपछि दोहोरो गोली हानाहान भएको थियो । गोलीबारीमा हवल्दार गुरुङ गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *