रहेनन् अर्थविद् केशव आचार्य
काठमाडौं । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ। अन्नपूर्ण न्यूरो हस्पिटलमा उनको आज बिहान ९:१५ बजे उपचारको क्रममा ज्यान गएको हो।
आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो। उनको पार्थिव शरीरको मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारले जनाएको छ। उनका एक श्रीमती, एक छोरा र एक छोरी छन्।
उनले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका थिए। उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा समेत काम गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment