अमेरिकाले लगायो पाकिस्तानी एयरलाईन्सलाई प्रतिबन्ध

डिसी नेपाल
२६ असार २०७७ १८:२७
4
Shares

काठमाडौं । पाकिस्तानी एयरलाईन्सको विमानलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ। पाकिस्तानका अधिकांश पाईलटको लाईसेन्स नक्कली रहेको खबर बाहिर आएपछि अमेरिकाले प्रतिबन्ध लगाएको हो। योसँगै पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको चार्टर्ड विमान पनि अमेरिका जान नपाउने भएको छ।

पाकिस्तानी पाइलटको प्रमाणपत्रको विषयलाई लिएर फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए)ले चिन्ता व्यक्त गरेसँगै अमेरिकी परिवहन मन्त्रालयले यस्तो आदेश दिएको रोयटर्सले उल्लेख गरेको छ। पाकिस्तानमा गत महिनामा गरिएको एक जाँचमा एक तिहाई पाकिस्तानी पाइलटले आफ्नो योग्यता सम्बन्धी गलत जानकारी र कागजात बुझाएको भेटिएको थियो ।

यसअघि युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सीले पनि पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । यद्यपि यस विषयमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *