हाइप्रोफाइल बैठकमा ट्रम्पलाई उपहार दिने उत्तर कोरियासँग कुनै कारण छैन – किम यो जोंग

डिसी नेपाल
२७ असार २०७७ १०:५९

काठमाडौं। उत्तर कोरियाली शाक किम जोंग उनकी बहिनी तथा देशकी दोस्रो स्तरकी नेता किम यो जोंगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रामक बयान दिएकी छिन् । उनले अमेरिका र उत्तर कोरियाबीच परमाणु निशस्त्रीकरण सम्बन्धी वार्ता हुने सम्भावनामा पूर्णबिराम लगाइदिएकी छिन् । अमेरिकासँग अहिल्यै वार्ता हुने सम्भावनालाई समाप्त गर्दै उनले उत्तर कोरियासँग हाइप्रोफाइल बैठकमा डोनाल्ड ट्रम्पलाई उपहार दिने कुनै कारण नभएको बताएकी छिन् ।

अमेरिकासँग हुने वार्तामा उत्तर कोरियाले केही हासिल गर्न नसक्ने भन्दै उनले कुनै आश्चर्यजनक घटना भने हुन सक्ने बताएकी छिन् । उनले यो आश्चर्यजनक घटना दुई शीर्ष नेताको फैसलामा निर्भर गर्ने बताइन् । केसीएनएलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले लेखेअनुसार उनले परमाणु अस्त्रसम्बन्धी शिखर वार्ता अमेरिकाको आवश्यकता भएको भन्दै यो उत्तर कोरियाको लागि अव्यवहारिक भएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *