आप्रवासीलाई लोभ्याउँदै ट्रम्प, नयाँ कानुन बनेमा नेपालीले के–के फाइदा पाउन सक्छन् ?

डिसी नेपाल
२७ असार २०७७ १३:२६
4
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई लोभ्याउने प्रयास सुरु गरेका छन् । उनले अब आप्रवासीहरुलाई लक्षित गर्दै नयाँ कानुन ल्याउने बताएका छन् । यो कानुन लागू भएपछि आप्रवासीहरुलाई अमेरिकाको नागरिकता लिन सहज हुने बताइएको छ । शुक्रबार ट्रम्पले मेरिट बेस्ड इमिग्रेसन सिस्टम ल्याउने घोषणा गरेका हुन् ।

ब्लुमबर्गका अनुसार नयाँ बन्न लागेको आप्रवासी सम्बन्धी कानुनमा ‘डेफर्ड एक्सन फर चाइल्डहुड अराइभल’ (डीएसीए) सँग जोडिएका आप्रवासीहरुलाई पनि नागरिकता दिने प्रावधान राखिँदैछ । यदि यस्तो प्रावधान राखिएमा बाल्यकालमै अमेरिका गएर त्यहाँ एक किसिमले गैरकानुनी रुपमा बसिरहेका आप्रवासीहरुले पनि नागरिकता पाउनेछन् । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले २०१२ मा डीएसीए नीति लागू गरेका थिए ।

त्यो नीति बाल्यकालमै अमेरिका गएकाहरुलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिनको लागि ल्याइएको थियो । यो नीतिअनुसार १६ वर्षभन्दा कम उमेरमा गैरकानुनी तरिकाले अमेरिका गएर उतै बसेकाहरुले नागरिकता नपाए पनि अमेरिकामा बस्न र काम गर्न भने पाउँछन् । उनीहरुले यतो अनुमति पाउनको लागि उनीहरुको कुनै आपराधिक रेकर्ड भने हुन नहुने शर्त छ । डीएसीएलाई हरेक २ वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ । अब भने ट्रम्पले डीएसीए अन्तर्गत बसिरहेकाहरुलाई नागरिकता नै दिने प्रावधान ल्याउन लागेका हुन् ।

यदि यो नयाँ नियम लागू भएमा १६ वर्षभन्दा कम उमेरमा कुनै नेपाली गैरकानुनी अमेरिका गएर उतै बसेको र डीएसीएको सुविधा लिइरहेको भए अब अमेरिकाको नागरिकता पाउनेछन् । ह्वाइट हाउसले एक बयान जारी गर्दै नयाँ कानुनको उद्देश्य गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई माफी दिने भन्ने नभएको जनाएको छ । ट्रम्पले केही समयअघिदेखि आफूले डीएसीएको समाधान चाहेको बताउँदै आएका छन् । अब ट्रम्पले सीमा सुरक्षामा सुधान गर्ने र मेरिटको आधारमा डीएसीएका योग्य व्यक्तिहरुलाई नागरिकता दिने जस्ता सुधार गर्न चाहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *