रुसी ह्याकरले कोरोना भ्याक्सिनलाई निशाना बनाएर जानकारी चोरेको बेलायतको आरोप

डिसी नेपाल
१ साउन २०७७ २२:०२

काठमाडौं । कोरोना भाइरसको भ्याक्सिन निमार्णमा लागिरहेका विभिन्न देशका संस्थाहरुलाई रुसी ह्याकरहरुले निशाना बनाइरहेको बेलातले आरोप लगाएको छ।

बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसिएससी)ले बेलायत, अमेरिका र क्यानडाका संस्थाहरुलाई निसाना बनाएको चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। आफ्नो दाबीमा क्यानेडियन कम्युनिकेशन सेक्युरिटी इस्टाब्लिसमेन्ट (सिएसई), अमेरिकाको सिआईएसए र नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) को पनि समर्थन रहेको एनसिएससीले जनाएको छ ।

ह्याकरहरुले रुसी गुप्तचर संस्थाको अंगका रुपमा काम गरिरहेको एनसीएससीको दाबी छ । एनसीएससीका अनुसार ह्याकरहरुको समूहले कोभीड–१९ भ्याक्सिन विकाससँग सम्बन्धित सुचना चोर्ने प्रयासका लागि मालवेयर प्रयोग गरेका थिए । एनसिएससीका अपरेशन निर्देशक पल सिचेस्टरले यसलाई ‘लाजमर्दो’ भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *