चीनका विषयमा नाटकीय रुपमा फेरियो ट्रम्पको बोली

डिसी नेपाल
२ साउन २०७७ १२:०१
4
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली नाटकीय रुपमा फेरिएको छ । विगत केही महिनायता चीनको चर्को आलोचना गर्दै आएका ट्रम्पले अचानक बोली फेरेर भारत र चीनको भलाइ र शान्ति कायम गर्नको लागि आफू जेसुकै गर्न तयार रहेको बताएका हुन् । उनले आफूले भारत र चीन दुवै देशका जनतालाई प्रेम गर्ने समेत बताए ।

पछिल्लो केही समययता भारत–र चीनबीच तनाव बढेपछि अमेरिका भारतको पक्षमा आएको थियो । विवादमा भारतको समर्थन गर्दै चीनप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका ट्रम्पको अचानक यु–टर्नलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ह्वाइट हाउसका प्रेस सचिव कायले म्याक्कनीले प्रेस मिटमा बताएअनुसार राष्ट्रपति ट्रम्पले भनेका छन् कि म भारतका जनतासँग प्रेम गर्छु र चीनका जनतासँग पनि प्रेम गर्छु । ट्रम्पले भनेका छन् कि भारत र चीनको अमनको लागि म जे पनि गर्न तयार छु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.