ऐश्वर्या र छोरी अस्पतालन भर्ना
नयाँ दिल्ली (एजेन्सी)। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका छन्। कोरोना पोजेटिभ आमा छोरी कोरोना संक्रमण पुष्टि भएको पाँच दिनपछि अस्पताल भर्ना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
गएको शनिबार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोना संक्रमित भएका थिए। उनीहरु दुबैजनालाई सोही दिन अस्पताल भर्ना गरिएको थियो। त्यसपछि बच्चन परिवारमा गरिएको कोरोना परीक्षणमा अभिषेककी श्रीमती ऐश्वर्या र छोरी आरध्या कोरोना पोजेटिभ रहेको पुष्टि भएको थियो। लक्षण नदेखिएकाले उनीहरु घरमै आइसोलेट थिए। तर, शुक्रबार आमा छोरी दुबैलाई स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
यसअघि अस्पतालमा भर्ना गरिएका अमिताभ र अभिषेकको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।







डिसी नेपाल







Facebook Comment