बनारसमा जबरजस्ती नेपालीको कपाल खौरिदिने एक जना पक्राउ, अन्यको खोजी जारी
काठमाडौं । भारतको बनारसमा एक नेपालीको कपाल खौरिदिएको घटनामा संलग्न एक व्यक्तिलाई त्यहाँको पुलिसले पक्राउ गरेको छ। घटनामा संलग्न सन्तोष पाण्डेय नामका व्यक्ति पक्राउ परेको र अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ।
नेपाली व्यक्तिको कपाल खौरिदिएको भिडियो पाण्डेले नै बनाएको प्रहरीले जनाएको छ । उनको मोबाइलबाट भिडियोसमेत बरामद गरिएको र अन्य केहीलाई हिरासतमा लिएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।
सोशल मीडिया पर वायरल हो रहे आपत्तिजनक वीडियो के सम्बन्ध में थाना भेलूपुर पर पंजीकृत मु0अ0सं0 335/2020 धारा 505(2)/295 भादवि व धारा 67 आइटी एक्ट में गिरफ्तार अभियुक्त संतोष पाण्डेय के सम्बन्ध में एसएसपी वाराणसी@amitpathak09की बाईट@Uppolice @dgpup @adgzonevaranasi @IgRangevaranasi pic.twitter.com/2v4rg23B1n
— Varanasi Police (@varanasipolice) July 17, 2020
प्रहरीले घटनामा संलग्नलाई कठोर कारबाही गरिने जनाएको छ । उक्त भिडियो नारसमा एक संगठन चलाउँदै आएका अरुण पाठक नाम गरेका व्यक्तिले फेसबुकमा सार्वजनिक गरेका थिए ।
पाठक विश्व हिन्दु सेना संगठनमा आबद्ध रहेको जनाइएको छ । नेपालका नेता तथा नेपालीविरुद्ध गालीगलौज गर्दै कपाल मुण्डन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाविरुद्ध भारतीय प्रहरीले कारबाही थालेको हो ।







डिसी नेपाल







Facebook Comment