साउदी अरेबियाका राजा सलमान अस्पताल भर्ना
काठमाडौं। साउदी अरेबियाका ८४ वर्षका राजा सलमान बिन अब्दुलअजीज अस्पताल भर्ना भएका छन् । पित्ताशयको समस्याँग जुधिरहेका राजा सलमान चेकजाँचको लागि अस्पताल भर्ना भएको साउदी प्रेस एजेन्सीलाई उद्धृत गर्दै अल जजीराले लेखेको छ । राजा सलमान २०१५ देखि साउदीको राजगद्दीमा छन् ।
एजेन्सीले राजा सलमान चेकजाँचका लागि अस्पताल भर्ना भएको भने पनि विस्तृत विवरण दिएको छैन । सलमान राजा हुनुभन्दा पहिले २०१२ देखि झण्डै अढाइ वर्ष युवराजको रुपमा रहेका थिए । त्यसअघि उनले झण्डै ५० वर्ष रियाधको गभर्नरको रुपमा काम गरेका थिए । राजा सलमानपछि अब राजा हुने लाइनमा राजकुमार मोहम्मद बिन सलमान छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment