कोरोनाभाइरसभन्दा खतरनाक भाइरस चीनबाटै फैलिने खतरा, वैज्ञानिकको चेतावनी
काठमाडौं। विश्वकी एक प्रमुख वैज्ञानिकले चीनबाटै कोरोनाभाइरस भन्दा खतरनाक भाइरस फैलिने खतरा रहेको चेतावनी दिएकी छिन् । चीनमा भाइरस उत्पन्न हुन र फैलिनको लागि सहयोगी हुने माहोलमा काम भइरहेकोले त्यहाँ भाइरस उत्पन्न हुने र मानिसमा फैलिने ठूलो खतरा भएको उनले बताएकी छिन् ।
वर्ल्ड एनिमल प्रोटेक्शनमा घरपालुवा जनावरको अनुसन्धान र पशुकल्याण प्रमुख पदमा कार्यरत वैज्ञानिक केट ब्लेसज्याकले चीनमा निकै आक्रामक तरिकाले पशुपालन भइरहेकोले यसबाट एन्टिबायोटिक प्रतिरोधीका साथसाथै कोरोनाभन्दा खतरनाक भाइरस उत्पन्न हुन सक्ने खतरा औंल्याइन् । बेलायती अखबार डेली एक्सप्रेसका अनुसार सिंगापुरकी यी वैज्ञानिकले चीन बर्ड फ्लुका २ नयाँ स्ट्रेनसँग जुधिरहेको पनि दावी गरेकी छिन् ।
उनका अनुसार मानिस, सुँगुर र एभिएन इन्फ्लुएन्जा भाइरस मिलेर बनेको स्वाइन फ्लुका केसहरु पनि चीनमा देखिएका छन् । यी सबै भाइरस मिलेर नयाँ र खतरनाक भाइरस स्ट्रेन उत्पन्न गराउन सक्ने उनले चेतावनी दिएकी छिन् । केटका अनुसार अहिले चीनमा रहेको स्वाइन फ्लु भाइरससँग मानिसको घाँटी र रक्तसंचार प्रणालीसँग मिल्न सक्ने क्षमता छ ।
उनका अनुसार पछिल्लो १५ वर्षमा चीनमा पशुपालनका क्षेत्रमा तीब्र रुपमा परिवर्तन आएको छ । परम्परागत पशुपालन छोडेर आक्रामक पशुपालन गरिएको छ जसमा नियमको पालना पनि भइरहेको छैन । सीमित ठाउँमा ठूलो संख्यामा पशुहरुलाई राखिएको छ जसबाट उनीहरुको प्रतिरोधी शक्ति कमजोर हुन्छ र नयाँ म्युटेशनको खतरा हुन्छ । फार्मबाट निस्किने फोहरबाट पनि संक्रमणको खतरा हुन्छ । चीन सुँगुरको माुको सबैभन्दा ठूलो उत्पादक हो भने कुखुराको मासुको दोस्रो ठूलो उत्पादक हो ।







डिसी नेपाल







Facebook Comment