तालिबानसँग शान्ति वार्ता ‘एक हप्ताभित्र’ शुरु हुन्छ : राष्ट्रपति घानी

डिसी नेपाल
१३ साउन २०७७ २३:०८

काबुल (राससएएफपी। अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान समूहसँग एक हप्ताभित्र शान्ति वार्ता शुरू हुने बताएका छन्।

तालिबासँगको महत्वपूर्ण कैदीबन्दीहरूको आदानप्रदानको प्रक्रिया पूरा हुने बित्तिकै आगामी एक हप्तामा शान्ति वार्ता सुरु हुने राष्ट्रपतिले बताए।

“शान्तिप्रति सरकारको प्रतिबद्धता प्रदर्शन गर्न इस्लामिक रिपब्लिकले छिट्टै पाँच हजार तालिवान कैदीहरूलाई रिहा गर्ने काम पूरा गर्नेछ,” घानीले राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूलाई बताएका छन्।

सरकारले आफ्नो प्रतिवद्धता पूरा गर्दासाथ तालिवान विद्रोहीसँग प्रत्यक्ष वार्ताको आह्वान गर्नेछ, उनले तालिवान विद्रोहलाई शान्तिवार्तामार्फत अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *