न्यूयोर्कका एसेम्ली मेम्बर स्टेभेन रागाद्वारा गायक बिजय लामा सम्मानित

डिसी नेपाल
१० चैत २०८२ १६:२१
188
Shares

काठमाडौं । गायक बिजय लामा अमेरिकाको न्यूयोर्क सिटिमा सम्मानित भएका छन्।

गायक लामालाई न्यूयोर्कका एसेम्ली मेम्बर स्टेभेन रागा डिस्ट्रिक ३० क्विन्सले सम्मान गरेका हुन्। भोटेकोशी समाज अमेरिकाको आयोजनामा सम्पन्न ल्होसार साँझ २०२६ कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीतहरु नखानु पानी तोग्बाको, भोली फर्कि आउँछु आउँदिन, खासा बजारलगायत गीत प्रस्तुत गरेका थिए।

सैयौंको संख्यामा उपस्थित दर्शकहरू पनि गायक लामासँगै झुमेका थिए। सो अवसरमा भोटेकोशी समाज अमेरिकाका अध्यक्ष अक्बर स्याङतानले भव्य रुपमा कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गरे।

उनले भोलीका दिनमा पनि आफ्नो कला, संस्कृति र परम्परा जोगाउन यस्तो किसिमका सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने बताए।

परदेशी भूमिमा लामो समयदेखि परिवारसहित बस्दै आएका स्याङतानले कार्यक्रममा उपस्थित दर्शक तथा देश विदेशमा रहेका शुभचिन्तक एवं कार्यक्रम सम्पन्न गर्न मद्दत गर्ने सबैलाई आभार प्रकट गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *