भारतले ल्यायो अत्याधुनिक राफेल लडाकु विमान

डिसी नेपाल
१४ साउन २०७७ १८:५७

काठमाडौं । फ्रान्ससँग खरिद गरेको लडाक विमान राफेल भारत आइपुगेको छ। पहिलो चरण अन्तर्गत पाँच ओटा लडाकु विमानले बुधबार हरियाणाको अम्बालास्थित एयरबेसमा अवतरण गरेका छन् ।

फ्रान्सको डसाल्ट एभिएसनद्वारा निर्मित यी लडाकु जहाज अत्याधुनिक मानिन्छन् । यी लडाकु विमान फ्रान्सबाट उडेर अम्बालामा अवतरण गरेका हुन् । जहाजले उडानकै क्रममा हावामै इन्धन भरेका थिए । भारतले सन् २०१६ मा फ्रान्स सरकारसँग ३६ वटा डबल इन्जिन रफाल लडाकु खरिद सम्झौता गरेको थियो ।

सन् २०१६ मा नरेन्द्र मोदी नेतृत्वको सरकारले रफाल खरीद सम्झौता गरेदेखि नै यो विषय विवादित रहँदै आएको छ । भारतीय राष्ट्रिय कांग्रेसलगायतका विपक्षी दलहरुले लडाकु विमान खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *