अनिल अम्बानीको मुख्यालय कब्जा !

डिसी नेपाल
१५ साउन २०७७ १४:३२
28
Shares

मुम्बइ। रिलायन्स ग्रुपका प्रमुख अनिल अम्बानीको मुम्बइस्थित मुख्य कार्यालय बैंकले कब्जा गरेको छ । समाचार एजेन्सी पीटीआइका अनुसार निजी क्षेत्रको यस बैंकले २ हजार ८९२ करोड रुपैयाँ बाँकी ऋण नतिरेपछि अनिल धीरुभाइ अम्बानी ग्रुपको सान्ता क्रुज मुख्यालय कब्जा गरेको हो । अनिल लगातार ऋणमा डुब्दै गइरहेका छन् र उनको व्यवसाय तहसनहस भएको छ । उता उनका दाजु मुकेश अम्बानी भने यसै साता विश्वकै पाँचौं धनीको स्थानमा उक्लिएका थिए ।

बैंकले कब्जा गरेको मुख्यालय २१ हजार ४३२ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । रिलायन्स इन्फ्रास्ट्रक्चरले ऋण नतिरेका कारण यस बैंकले दक्षिण मुम्बइका दुई फ्ल्याट पनि कब्जा गरेको छ । यी दुवै सम्पत्ति मुम्बइको नागिन महलमा छन् । यी दुई फ्ल्याट १ हजार ७१७ वर्ग फुट र ४ हजार ९३६ वर्गफुट क्षेत्रफलका छन् । बैंकले सूचना जारी गर्दै यी कब्जा गरिएका सम्पत्तिका विषयमा कुनै लेनदेन नगर्न सबैलाई सूचित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *