पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
सांकेतिक तस्वीर
काठमाडौं । पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि शनिबार बिहान राजमार्ग अवरुद्ध भएको थियो।
पहिरा खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । राजमार्ग दुईतर्फी बनाउन पहिरा पन्छ्याउने काम भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment