कोरोनाका कारण सन्दीपले खेल्ने टिम जमैकाका खेलाडी सिपिएलबाट बाहिर
काठमाडौं । सिपिएल सुरुहुन २ हप्ता बाँकी रहदा नेपाली स्टार खेलाडी सन्दीप लामिछाने खेल्ने टिम जमैका तलावहाजलाई ठुलो झटका लागेको छ । प्राप्त जानकारी अनुसार कोरोना भाईरस संक्रमित ब्यक्तिसंग पाईएका कारण जमैकाका दुई खेलाडीहरु जेवर रोयल र आंद्रे म्याकार्थीलाई सिपिएलबाट बाहिर गरिएको छ । कोरोनाबाट पीडित जमैकाका अन्य क्रिकेटरको पहिचान अझै खुल्न सकेको छैन। स्थानीय मिडियाका अनुसार ती खेलाडी सेन्ट किट्स र नेभिस पैट्रियट्सका लागि सीपीएलमा खेल्ने तरखरमा थिए ।
जमैकन क्रिकेट एसोसिएशनका सीईओ कोर्टनी फ्रान्सिसले एक जना जमैका क्रिकेटरलाई कोरोना भाइरस भएको पुष्टि गरेका छन र उनीसँगै बस्ने दुई थप क्रिकेटरहरू सीपीएल २०२० बाट बाहिरिएको कुराको पुष्टि गरेका छन्। रिपोर्टका अनुसार जमैकाका खेलाडीहरू, प्रशिक्षकहरू र ब्याकरूम स्टाफका सदस्यहरू पनि अलग्गै राखिएको छ। यी सबैको चाँडै कोरोना परीक्षण हुनेछ।
जमैकन क्रिकेट एसोसिएशनका सीईओ कोर्टनी फ्रान्सिसले भने, “यो धेरै दुर्भाग्यपूर्ण छ किनकि कोही पनि कोरोनाको पकडमा आउन सक्छन्। दुई जमैकाका खेलाडीहरूको लागि पनि धेरै दुर्भाग्यपूर्ण छ किनकि उनीहरूलाई कोरोना भएको कुनै संकेत छैन तर यसको बाबजुद उनीहरू प्रोटोकोल अन्तर्गत टूर्नामेन्टबाट बाहिरिएका छन्। कोरोना संक्रमित खेलाडीको सम्पर्कमा आए पछि, रोयल र आन्द्रे म्याकार्थीलाई त्रिनिदाद पठाइने छैन। यी दुई खेलाडीहरूले पहिलो दुई कोरोना टेस्ट पास गर्नुपर्नेछ र त्यसपछि उनीहरू १४ दिनसम्म अलग्गै बस्नुपर्नेछ।”







डिसी नेपाल








Facebook Comment