काठमाडौंको मनमैजुमा टाउको विनाको शव भेटियो

डिसी नेपाल
२५ साउन २०७७ ९:५०
8
Shares

काठमाडौं। काठमाडौंको मनमैंजुमा एउटा शंकास्पद शव फेला परेको छ। गोंगबु चोकबाट मनमैजु गणेशथान जाने बाटोको देब्रेपट्टी शंकास्पद शव भेटिएको प्रहरीले जनाएको छ।

टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा शव भेटिएको हो। अहिलेसम्म शवको सनाखत हुन सकेको छैन।

महाराजगञ्ज प्रहरी र उपत्यकाको अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी रोशन खड्काले जानकारी दिए। उनका अनुसार शबलाई कपडाको झोलामा राखिएको अवस्थामा फेला परेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.