काठमाडौँमा दिउँसै घर फोरियो, ५६ लाख चोरी

डिसी नेपाल
१० फागुन २०८२ १२:४०
7.1k
Shares

काठमाडौं । काठमाडौंमा दिनदहाडै घर फुटाएर चोरी गरिएको छ । चोरहेूले ५६ लाख बराबरका सुनचाँदीका गरगहना चोरेको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिकै डेरा गरी बस्ने बाग्लुङकी ३५ वर्षीया कालिका रोका मगरको कोठामा शनिबार दिउँसै चोरी भएको हो।

प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार दिउँसो ढोका फोडेर भित्र पसेका चोरले सुन तथा चाँदीका गरगहना र नगदसमेत गरी करिब ५६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेका छन्।

चोरीमा संलग्नहरू हाल फरार छन्। उनीहरूको खोजीसँगै यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *