विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल खेलाडीमा कोरोना पुष्टि

डिसी नेपाल
३० साउन २०७७ १४:३७

काठमाडौं । फिफा विश्वकप छनोटको तयारीका लागि बोलाईएका ३३ खेलाडी मध्ये एकजानामा कोरोना पुष्टि भएको छ । कोरोना भएपछि उक्त खेलाडीलाई घरमै आईसोलेसनमा बस्न सुझाव दिईएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत सोमवार र मंगलवार ३४ खेलाडीहरुको कोरोना परिक्षण गरेको थियो ।

कुनैपनि फुटबल खेलाडीमा कोरोना देखिएको यो पहिलो पटक हो । यसअघि स्क्वास खेलका प्रशिक्षक हिरा थापा र एक क्रिकेट खेलाडीमा कोरोना पोजेटिभ दिएको थियो ।

बिहिवार सम्पूर्ण खेलाडीहरुको पिसिआर रिपोर्टको आउदा एक खेलाडीको स्वाबमा समस्या आएको भन्दै पुनः कोरोना परिक्षण गर्नुपर्ने एन्फाले जनाएको थियो । पाटन अस्पतालमा गरिएको कोरोना परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.