काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकामा पनि हावाहुरीसहित वर्षा भएको छ।
आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेले नेपालमा वर्षा भइरहेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment