पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

डिसी नेपाल
११ कार्तिक २०८३ १८:५३

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्ससमक्ष जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रनको योगफल तयार पारेको हो।

पोखराका लागि तल्लो क्रममा आएका अर्जुन घर्तीले विस्फोटक ब्याटिङ गर्दै २५ बलमा अविजित ४० रनको महत्वपूर्ण पारी खेले। यस्तै, महेदी हसनले ३२ रन, कुशल भुर्तेलले २१ रन र शकिब अल हसनले १४ रनको योगदान दिए।

सुदूरपश्चिमका तर्फबाट कसिलो बलिङ गर्दै अनिल खरेलले ३ विकेट हात पारे। त्यस्तै हेमन्त धामी, स्कट कुगलाइन र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *