सरकार बेलगाम फाँसीवादतर्फ अघि बढ्यो, आन्दोलनको विकल्प छैन : अध्यक्ष ओली

डिसी नेपाल
११ कार्तिक २०८३ १६:२८

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको गम्भीर आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित नवमनोनीत तीनजना केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले मुलुक अहिले सिङ्गो राज्यका रूपमा स्वतन्त्रताको उपभोग गर्न नसक्ने कठिन अवस्थामा पुगेको टिप्पणी गरेका हुन्।

अध्यक्ष ओलीले देशको वर्तमान अवस्थालाई थप बिग्रिनबाट जोगाउन तथा नागरिकलाई स्वतन्त्रता र स्वाधीनताको अधिकार पूर्ण रूपमा प्रयोग गर्न योग्य बनाउन अब सशक्त आन्दोलनको विकल्प नरहेको स्पष्ट पारे। उनले देशमा कसैले पनि खुलेर बोल्न नसक्ने गरी राज्य आतंक सिर्जना गरिएको, चौतर्फी रूपमा गुण्डाराज चलिरहेको र सरकार पूर्ण रूपमा बेलगाम फाँसीवादको बाटोमा हिँडिरहेको बताए।

देशलाई हालको यो जटिल अवस्थाबाट पार लगाउने ऐतिहासिक जिम्मेवारी एमालेको काँधमा आएको दाबी गर्दै उनले फागुन २१ गते भएको निर्वाचन प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला मात्र भएको बताए।

एमाले सधैँ सत्य, न्याय, देश र जनताको पक्षमा दृढतापूर्वक उभिँदै आएकाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले शानदार विजय हासिल गर्ने विश्वास उनले व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *