एनपीएल: सुदूरपश्चिमले जित्यो टस, पोखरा पहिले ब्याटिङ गर्दै
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तानले बाजी मार्दै पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका छन्।
पोखरा एभेन्जर्स यस खेलमार्फत जारी प्रतियोगितामा आफ्नो पहिलो यात्रा सुरु गर्दैछ। अर्कोतर्फ, सुदूरपश्चिम रोयल्सको भने यो दोस्रो खेल हो। पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटको हार व्यहोरेको सुदूरपश्चिम आज पहिलो जितको खोजीमा मैदान उत्रिएको छ।
अघिल्लो सिजनमा पोखरा ६ अंक जोड्दै पाँचौँ स्थानमा सीमित भएको थियो। यता, एनपीएलका अघिल्ला दुवै संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम रोयल्स यसपटक भने उपाधि नै हात पार्ने दृढ लक्ष्यका साथ अघि बढेको छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत कात्तिक ९ गतेदेखि सुरु भएको यस प्रतियोगितामा देशभरका आठ वटा टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment