काठमाडौं अधिवेशन मङ्सिर २१ गते हुने, देउवाले उद्घाटन गर्ने

डिसी नेपाल
११ कार्तिक २०८३ १७:२९

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन यही मङ्सिर २१ गते हुने भएको छ। समानान्तर गतिविधि गर्दै आएको सो समूहले काठमाडौं जिल्ला अधिवेशन मङ्सिर २१ गते गर्ने गरी तयारी अगाडि बढाएको हो।

नेपाली कांग्रेसका नेता दिनेशविक्रम शाहका अनुसार अधिवेशन मङ्सिर २१ गते शनिबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिनेछ। उक्त अधिवेशनको उद्घाटन निवर्तमान सभापति देउवाले गर्ने कार्यक्रम तय भएको छ।

अधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि समूहका जिल्ला संयोजक जयकृष्ण महर्जनको अध्यक्षतामा विभिन्न उपसमितिहरू गठन गरिएका छन्।

संयोजक महर्जनले प्रचार-प्रसारको जिम्मेवारी शम्भु प्रसाद अधिकारीलाई, मञ्च तथा अधिवेशन व्यवस्थापनको जिम्मेवारी टेवेन्द्ररत्न शाक्यलाई र युवा परिचालनको जिम्मेवारी दिनेशविक्रम शाहलाई सुम्पिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *