स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

डिसी नेपाल
११ कार्तिक २०८३ १६:२४

पोखरा। पोखराको न्यूरोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सभागृह चोकस्थित न्यूरोडको ग.१६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनाबाट स्कुटरमा सवार पोखरा लेकसाइड बस्ने २८ वर्षका आशिष कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *