आरबीलेपजिग पहिलो पटक सेमिफाईनलमा
काठमाडौं । एघार बर्ष अगाडि बनेको जर्मन फुटबल क्लब आरबी लेपजिगले एटलेटिको म्याड्रिडलाई बिहीबार च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा २–१ ले पराजित गर्दे सेमिफाईनलमा प्रवेश गरेको छ । लेपजिग लिगको ईतिहासको अन्तिम चारमा पुग्ने ७५ औं टोली हो। सेमिफाइनलमा लेपजिगले अब फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ ।
यसअघि पीएसजीले एटलान्टालाई पराजित गर्दै सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। खेलमा अमेरिकी मिडफिल्डर टायलर एडम्स लेपजिगको जितको नायक भए। उनले खेलको समाप्तिभन्दा दुई मिनेट अघि दोस्रो गोल गरेर टोलीलाई विजय मात्र बनाएन पहिलो पटक सेमीफाइनलमा पनि पुर्याए । उनले क्लबको लागि र च्याम्पियन्स लिगमा व्यक्तिगत पहिलो गोल गरे। उनी च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा गोल गर्ने पहिलो अमेरिकी खेलाडी पनि बनेका छन ।
?⚪️ Leipzig are the 75th team to reach a European Cup semi-final in competition history ???#UCL pic.twitter.com/1SkVk0oINq
— UEFA Champions League (@ChampionsLeague) August 13, 2020
खेलमा दुबै क्लबले पहिलो हाफमा गोल गर्न सकेन्। दोस्रो हाफको शुरुवाती मिनेटमै ड्यानी ओल्मोले गोल गर्दे जर्मन क्लब लेपजिगलाई १–० अग्रता दिलाए। तर टिमले यो अग्रता धेरै समयसम्म कायम राख्न सकेन र खेलको ७१ औं मिनेटमा एटेल्टिको म्याड्रिडको लागि अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका गो फेलिक्सले पेनाल्टी मार्फत गोल गर्दे खेललाई १–१ को बराबरीमा ल्याए ।
?? Tyler Adams:
⚽️ First goal for Leipzig
⚽️ First UCL goal in his career#UCL https://t.co/2W2zBvYeCA pic.twitter.com/kse8nMLQKZ— UEFA Champions League (@ChampionsLeague) August 13, 2020
गोलसंगै २०१४ र २०१६ मा उपविजेता भएको टोलीले खेलमा आत्म विश्वास देखाउदै धेरै पटक गोल गर्ने अवसरहरु सिर्जना गरेपनि सफल हुन सकेन । खेलको अन्तिम दुई मिनेटमा् अमेरिकी खेलाडी टिलरले दोस्रो गोल गर्दे लेपजिगलाई पहिलो पटक च्याम्पियन्स लिगको सेमीफाइनलमा पुर्याए ।
?? Tyler Adams = First American to score in UCL quarter-final ⚽️#UCL pic.twitter.com/bx13Lm0eIj
— UEFA Champions League (@ChampionsLeague) August 13, 2020







डिसी नेपाल








Facebook Comment