विदेशी मिडियामा छाइन् नेपाली ‘क्युट’ बालिका
काठमाडौं। एउटी नेपाली सानी बालिकाले अहिले विदेशी मिडियामा समेत चर्चा पाउन थालेकी छिन् । टिकटकमा अहिले यी बालिकाका भिडियोहरु भाइरल हुन थालेका छन् । उनका भिडियोहरु भाइरल हुँदै जाँदा उनी देशबाहिरका मिडियाको नजरमा पनि पर्न थालेकी छिन् । पछिल्लो समय उनीबारे भारतको मिडिया ‘द इण्डियन एक्सप्रेस’ले रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टमा उनले धेरैको मन जितेको उल्लेख छ ।
समायरा थापा नामकी यी बालिकाका कैयौं छोटा भिडियोहरु अहिले निकै भाइरल भइरहेका छन् । यी भिडियोहरु सुरुमा टिकटकमा शेयर हुन्छन् त्यसपछि कैयौं अन्य अनलाइन प्लेटफर्मसम्म पुग्छन् । यी सानी बालिकाको प्रस्तुतीमा नेटिजेनहरु पछिल्लो समय लोभिन थालेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment